राप्रपाका ७२ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै ७२ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा कास्कीमा नारायण गुरुङ, नवलपुरमा विष्णुप्रसाद अधिकारी, गोरखामा रमेशरमण खनाल, लमजुङमा क्या. केविन्द्र जंग गुरुङ, स्याङ्जामा ऋषिराम लामिछाने, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी (केदार), पर्वतमा शेरबहादुर उचाइ ठकुरी, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, मुस्ताङमा जेम्स हिराचन र मनाङमा वाङगेल गुरुङ जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा रुपन्देहीमा सागरप्रताप राणा, रोल्पामा अम्मरबहादुर थापा, दाङमा प्रेम शाह, नवलपरासी पश्चिममा रामभवन यादव, बर्दियामा हेमन्तप्रकाश गिरी, गुल्मीमा त्रिविक्रम चन्द, कपिलवस्तुमा नारायणबहादुर सिंह, पाल्पामा डुलबहादुर कुँवर, प्युठानमा चुमान सिंह बस्नेत, रुकुम पूर्वमा अमरबहादुर शाही, बाँकेमा अरुणप्रताप सिंह र अर्घाखाँचीमा नारायणप्रसाद खनाल जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

कोशी प्रदेशमा झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, इलाममा ताराप्रसाद नेपाल, ताप्लेजुङमा अमृतकुमार सावदेन, खोटाङमा ललित राई, ओखलढुंगामा पदमकुमारी गुरुङ, उदयपुरमा ध्रुव रायमाझी, संखुवासभामा दीपेन्द्र भण्डारी, सोलुखुम्बुमा राजेन्द्र बस्नेत, तेह्रथुममा टंकप्रसाद अधिकारी, भोजपुरमा जनक नेपाल, सुनसरीमा दिनेशकुमार बस्नेत र पाँचथरमा कमलबहादुर चेम्जोङ जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा सिन्धुपाल्चोकमा निलध्वज थापा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, भक्तपुरमा अर्जुन कार्की, चितवनमा चेतनाथ वाग्ले, रामेछापमा भरत वाईवा, दोलखामा गंगाबहादुर बस्नेत, काठमाडौँमा दीपक केसी, ललितपुरमा सविन खड्का, सिन्धुलीमा भीष्मराज श्रेष्ठ र मकवानपुरमा ऋषिलाल श्रेष्ठ जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा हुम्लामा विकास महत, दैलेखमा सुरत केसी, सल्यानमा प्रदीप थापा, मुगुमा वीरचन्द बुढा, रुकुम पश्चिममा खम्बु खत्री, कालिकोटमा मदन रोकाया, डोल्पामा इन्द्र रोकाया, जाजरकोटमा दीपक खनाल र सुर्खेतमा छत्रपति थापा जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा डोटीमा खडकप्रसाद अग्रवाल, बैतडीमा इन्द्रदेव शरण भट्ट, डडेल्धुरामा राजेन्द्र भण्डारी, बझाङमा विश्वप्रकाश जेठारा, कैलालीमा एकेन्द्रबहादुर मल्ल, कञ्चनपुरमा केशव खत्री, दार्चुलामा प्रकाश दयाली, बाजुरामा जितबहादुर शाही र अछाममा मिनबहादुर शाही जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

मधेश प्रदेशमा पर्सामा बिना जयसवाल कुर्मी, सर्लाहीमा विजय यादव, सिराहामा शम्भुप्रसाद यादव, सप्तरीमा उम्देश्वरप्रसाद साह, बारामा विनोद भारती, महोत्तरीमा राजेश्वर राय यादव, धनुषामा रामचन्द्र यादव र रौतहटमा विक्रान्त नेपाल जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

राप्रपाले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको थियो । हालैको भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिलाई ध्यानमा राख्दै अधिवेशनका लागि केही सहुलियत दिइएको र ती जिल्लामा पनि छिट्टै जिल्ला अधिवेशन सम्पन्न गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

पार्टीको कार्यतालिकाअनुसार जिल्ला अधिवेशनपछि असोज १५ देखि २४ गतेसम्म प्रदेश अधिवेशन गर्ने र त्यसपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी छ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।