अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

अ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै अजरबैजान र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५६ वर्षीय पुण्यप्रसाद निरौला र तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार निरौलाले अजरबैजान पठाइदिने भन्दै एक पीडितबाट ३२ लाख रुपैयाँ र श्रेष्ठले क्यानडा पठाइदिने भन्दै अर्का एक पीडितबाट ३ लाख ४५ हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।