प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि छलफल र अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।