नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४१ कम्पनिका एक करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ४५ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड १२ लाख बराबरको कारोबार भएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।