सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग

काठमाडौं । सप्तरीको राजविराजमा सडकमै महिलाले बच्चा जन्माएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनामा सरकारको ध्यानाकर्षण गराउदै स्वास्थ्यमन्त्रीको जवाफ मागेका हुन् ।

उनले राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएको जानकारी दिदै सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी महिलाले पैसा नभएका कारण अस्पतालले भर्ना नलिएको र त्यसपछि महिलासँग २५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको बताएका छन्  ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।