धनकुटामा एक हजार २४० किलो गाँजासहित ट्रक बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले एक हजार २४० किलो ६ सय ग्राम गाँजासहित ट्रक बरामद गरेको छ ।

गएराति करिब ११ बजे कोशी लोकमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई जाँचका लागि रोक्न खोज्दा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए ।

शंकास्पद लागेपछि ट्रक जाँच गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।