नेप्सेमा १५.४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७  लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५.८१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सानिमा मिडल तमोर हाइड्रोको १४ करोड १७ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।