सुनको मूल्यमा ठूलो गिरावट : तोलामा ८ हजार ८ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।