१५औँ महाधिवेशन तयारीका लागि कांग्रेस इतर पक्षको बैठक बस्दै

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले गठन गरेको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक आज बस्दै छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित समितिको आयोजनामा दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको हो।

बैठकमा आगामी १५ औँ महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध सांगठनिक विषय गरी तीन मुख्य एजेन्डामा केन्द्रित रहेर छलफल हुनेछ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई बैठकमा अनिवार्य सहभागिताका लागि आमन्त्रण गरिएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।