भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं, १६ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ। विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले यो बैठक आयोजना गरिएको हो।

बैठकमा बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा गहन छलफल हुनेछ। साथै, प्रभावित क्षेत्रमा राज्यका निकायहरूबाट भइरहेका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे समेत छलफल गरिने प्रवक्ता खरेलले जानकारी दिए।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।