गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी, १५ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६, अम्मरपुरका ३२ वर्षीय धनीश्वर बस्नेत र पछाडि सवार सोही गाउँपालिका-२ का २३ वर्षीय कमल पछाई घाइते भएका थिए।

अनुहार र छातीमा गम्भीर चोट लागेका बस्नेतलाई गुल्मी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पुनः गुल्मी अस्पताल ल्याइएको छ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकलको पछाडि सवार पछाइको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि टिप्पर र चालक प्युठानको गौमुखी गाउँपालिका-२ का ३० वर्षीय जीवन रानामगरलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।