गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका  बारेमा प्रश्न उठाएका छन् ।

गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक भएको र शालिक बनमउने बिषयमा सर्बत्र आलोचना भईरहेको बेला राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका हुन्। 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् 

`हामीले कस्तो समाज बनाइरहेका छौँ ? भन्दै प्रश्न गर्दै भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’ उनले राज्यले गोपनिय राख्नु पर्ने बिषय सामाजिक सञ्जालमा भाईरल गराएको भन्दै आपत्तिसमेत जनाएका छन्। 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।