वैदेशिक सहयोग र ऋणको दायरा घट्दै जादा चुनौती बढ्दैछ- अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठुला पूर्बाधारमा लगानी हुदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् ।

नेपाललाई ठुलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्ववैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुदै गएको बताएका हुन् ।

उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए । 

सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फतनै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।