बागमतीको मुख्यमन्त्रीमा दाबि पुग्दैन- राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक जना सांसदले व्यक्तिगत रूपमा दिएको समर्थनलाई दलको समर्थनका रूपमा मान्न नसकिने बताएका छन् ।

उनले बागमती प्रदेशमा राप्रपाका १२ जना सांसद रहेकाले एक जना सांसदले मात्रै एक्लै मुख्यमन्त्रीका लागि समर्थन दिन नमिल्ने र त्यसलाई दलको समर्थन मान्न पनि नसकिने स्पष्ट पारेका छन् । श्रेष्ठले एक जना सांसदको समर्थनलाई मान्यता दिइए पनि मुख्यमन्त्रीमा दाबी गर्ने आवश्यक संख्या नपुग्ने बताए । संख्या नपुगी गरिएको दाबीको कुनै अर्थ नहुने उनको भनाइ छ ।

संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा समेत दलको समर्थन नरहेको श्रेष्ठले दाबी गरेका छन् । उनका अनुसार समर्थनका विषयमा संसदीय दलको बैठक नै बसेको छैन । उनले अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्रीय नेतृत्व, पार्टी अध्यक्ष र संसदीय दलका प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको जानकारी दिए ।

श्रेष्ठले परिपक्व प्रदेश प्रमुखले आफ्नो अधिकारको दुरुपयोग नगर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।