सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान हुदा प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १५ मत परेको छ । आजको मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए ।

विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने तयारीसमेत मुख्यमन्त्री भट्टले गरेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

केन्द्रमा भएको सहमति अनुसार नेकपा नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभामा नेकपा र एमालेको स्पष्ट बहुमत रहेको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।