बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेश

हेटौँडा । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक समर्थन जुटाउँदै थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।

थापामगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेका छन् ।

समर्थनमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेका छन् । १०४ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थनसहित दाबी पेस गरिएको छ ।

दाबी पेस गर्ने निवेदनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न विहिबार ४ बजेसम्मको समय दिएका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।