गृहमन्त्री गुरूङले भने, ‘मलाई होइन,मेरो पिएलाई गुनासो टिपाउनु होला’

काठमाडौं, ३ भदौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिएका छन ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिएका हुन् ।

‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उनले बैठकमा भने । गृहमन्त्री गुरुङले पार्टीका सांसदहरूलाई संसद‍्मा सरकारको विरोध नगर्न पनि आग्रह गरेका छन ।

उनको तर्क थियो,  ‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो।’


मन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउन पनि सांसदहरूलाई आग्रह गरेका थिए । उनले बैठकमा नै स्वकीय सचिव कार्कीको नयाँ नम्बर पनि साझा गरेका छन।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।