काठमाडौं, ३ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग सामुहिक छलफल गरिरहेका छन् ।
सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग सामुहिक छलफल गरिरहेका हुन् । बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित रहेका छैनन् ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा सभापति लामिछानेले सामुहिक छलफल गर्न लागिएको हो ।
संसद बैठकमा बोल्दा एकरूपता नभए पछि सभापति लामिछानेले सांसदहरू संसदमा कसरी प्रस्तुत हुने ? भन्ने बिषयमा दिशानिर्देश गर्ने जनाइएको छ । उनका अनुसार आजको बैठकमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरिएको थियो ।
जसअनुसार संसदीय दलका नेता शाहबाहेक सबै मन्त्रीको उपस्थिति रहेको जनाइएको छ।

