बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ, २७ वैशाखः यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ ।

उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ । —

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।