प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल चयन

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल चयनसिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सिड्नीको अवर्नमा सम्पन्न भएको छ । अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा मञ्चका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय सल्लाहकार तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष विष्णु हमाल, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषा वारिया र नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायतले शुभकामना दिएका थिए ।

बन्द सत्रमा अध्यक्ष केशव जोशीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दीपक पहाडीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

अस्ट्रेलियाका आठै राज्यबाट आएका प्रतिनिधिबीचको छलफलपछि रमेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीपक पहारी, सचिवमा मिलन पाठक र सहसचिवमा किशोर भण्डारी चयन भएका छन् ।

कार्यकारी सदस्यमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुषाल, गणेशराज गौतम, मोहन शर्मा र तेजविक्रम मल्ल चयन भएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।