समापन समारोहमा गएनन पुर्णबहादुर र शेखर

काठमाडौं, ३१ साउन।नेपाली कांग्रेसको इतरसमूहको भेलामा नेता पुर्व उपसभापति पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।

भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित भए पनि समापन समारोहमा नगएका हुन्।

भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ ।

पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णयसमेत सो समूहले गरेको छ ।

“पूर्णबहादुर खड्का र नेता शेखर कोइराला दुवैजना समापन समारोहमा उपस्थित हुनुभएन,” सहभागी एक प्रतिनिधिले भने ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।