धनगढी, २९ साउन। सुदूरपश्चिम सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट लगभग सुनिश्चित देखिएका छन ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच भएको सहमति अनुसार भट्टले आज बिहान ११ः०० बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्दैछन् ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका थिए, सोही अनुसार भट्टले भावी मुख्यमन्त्रीका लागि दावी पेश गरेका छन । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल रहेको छ । एमालेको ११ सिट रहेको छ ।
प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।
जसअनुसार दिउँसो ३ः०० बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिए। आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको छ ।
सत्ता साझेदार दल एमालेसँग सल्लाह गरेर आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा भट्ट रहेका छन ।

