ढल्केबरमा ट्रमा सेन्टर बनाउने विषय संसदमा स्पष्ट गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख डिपी अर्यालले नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा ट्रमा सेन्टर बनाउने विषय अन्य निर्णय भएको बारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

धनुषाको ढल्केबरमा ट्रमा सेन्टर बनाउने निर्णय भएको र सो विषय बजेटमा समेत उल्लेख भएकोमा सो स्थान परिवर्तन गरेर अन्यत्र सारिएको भन्दै सांसद यादवले संसदमै मौनधारण गरेर विरोध गरेका थिए । सांसद यादवले उठेर विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले सरकारलाई सो विषयमा स्पष्ट पार्न सरकारलाई निर्देशन दिएका छन् । 

सभामुखको रुलिङपछि यादवले आफ्नो विरोध रोकेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।