प्रतिनिधि सभामा काँग्रेस सांसद डा. यादवको उठेर विरोध, संसद बैठक अवरुद्ध

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले संसदमा उठेर सरकारको निर्णयको विरोध गरेका छन् ।

धनुषाको ढल्केबरमा यसअघि ट्रमा सेन्टर बनाउने निर्णय भएपनि यस पटक सो स्थान परिवर्तन गरेर अन्यत्र सारिएको भन्दै सांसद यादवले संसदमै मौनधारण गरेर विरोध गरिरहेका छन् । सांसद यादवले उठेर विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले उनलाई बस्न आग्रह गरिरहेका छन् । 

यादवले सरकारको निर्णयविरुद्ध ढल्केबरमा समेत स्थानीय विरोधमा रहेको र आफु पनि संसदमै विरोध गर्ने बताएका थिए । उनले उठेर विरोध जारी राखे पनि प्रतिनिधि सभाको बैठक अगाडी बढन सकेको छैन ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।