तालिममा ग्रिनेड पडकिदाँ दुई सैनिक घाइते, लगियो काठमाडौं

धनगढी, २१ साउन । सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्।

गोदावरी नगरपालिका-४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पडकिदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार वनदेवी फायरिङ रेन्ज देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै घाइतेलाइ यतिखेर काठमाडौं ल्याएको छ तर उनीहरू दुबैको  स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छर।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।