कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

मुम्बई, १७ साउन । बलिउडकी चर्चित अभिनेत्री कियारा आडवाणीले हालै आफ्नो जन्मदिन मनाइन् । 

खासमा उनी उनको आगामी चलचित्र ‘टक्सिक’लाई लिएर चर्चामा पनि रहेकी छिन् । चलचित्रमा उनको भूमिकालाई लिएर प्रशंसकहरू उत्साहित पनि रहेका छन् तर केही दर्शकहरूलाई भने यसको प्रचार प्रसार सामग्रीमा मुख्यतया रकिङ स्टार यशलाई मात्र प्राथमिकता दिइएको र महिला पात्रहरूलाई भने पर्याप्त महत्त्व नदिइएको महसुस गरेका छन्।

यसै सन्दर्भमा, चलचित्रका निर्माताहरूले कियाराको जन्मदिनको विशेष अवसर पारेर उनीसहितको नयाँ पोस्टर सार्वजनिक गरेका थिए । साथै, कियाराले आफ्नो भूमिका र चलचित्रमा महिला पात्रहरूको महत्त्वबारे आफ्ना विचारहरू खुलेर व्यक्त गरेकी छिन्। कियारा यस चलचित्रमा ‘नादिया’ को भूमिकामा देखिने छिन्। दर्शकहरूले उनको नयाँ पोस्टर निकै मन पराएका छन्।

एक अन्तर्वार्तामा कियाराले बताइन् कि जब उनलाई चलचित्रको कथा सुनाइयो, तब उनी निकै प्रभावित भएकी थिइन्। उनका अनुसार ‘नादिया’ को पात्रलाई निकै गहिराइपूर्वक लेखिएको छ र यसमा भावनाहरूको विविधता पाइन्छ, कोमलता, दृढता र एक्लोपनको अनुभूति यस भूमिकाका अभिन्न पक्षहरू हुन्। 

उनले अगाडी भनिन कि उनी सधैं यस्तै पात्रको खोजीमा थिइन्, जुन वास्तवमै चुनौतीपूर्ण होस्। कथा सुनि सकेपछि, यस्तो चुनौतीपूर्ण र प्रभावशाली भूमिका निर्वाह गर्न आफू पूर्ण रूपमा तयार रहेको उनले महसुस गरिन्।

कियारा आडवाणीले थप बताइन् कि कुनै भूमिका स्वीकार गरे पछि उनी सुरुमा उक्त पात्रको व्यक्तित्व, मानसिकता, सम्बन्ध र जीवनका लक्ष्यहरू बुझ्ने प्रयास गर्छिन्। त्यसपछि उनी पात्रको हाउभाउ अर्थात बडी ल्याङ्ग्वेज, पहिरन र पर्दामा देखिने प्रस्तुतिमा काम गर्छिन्। उनले यो पनि उल्लेख गरिन् कि दर्शकहरूले अन्तिम प्रस्तुति मात्र देख्ने भए तापनि कलाकारको वास्तविक तयारी भने छायाङ्कन सुरु हुनु धेरै अघि नै सुरु भइसकेको हुन्छ।

कियाराले बताइन् कि ‘नादिया’ को भूमिका निर्वाह गरेपछि उनले फेरि एकपटक महसुस गरिन् कि उनी अभिनय प्रति किन यति धेरै उत्साहित छिन् किनभने हरेक नयाँ भूमिकाले उनलाई आफूलाई अझ राम्रोसँग बुझ्ने र केही नयाँ कुरा सिक्ने अवसर प्रदान गरिरहेको छ।

चलचित्रका अन्य महिला पात्रहरूबारे कुरा गर्दै कियाराले बताइन् कि प्रत्येक अभिनेत्रीको भूमिकाको आफ्नै छुट्टै पहिचान र विशिष्ट विशेषताहरू छन्। उनलाई विश्वास छ कि दर्शकहरूले ती सबै महिला पात्रहरूलाई निकै मन पराउने छन्। उनले सुटिङ सेटको वातावरण पनि निकै सकारात्मक रहेको उल्लेख गरिन् । त्यहाँ कलाकारहरूले एक अर्कालाई प्रेरित गरिरहेका थिए र सँगै नयाँ कुराहरू सिक्ने अवसर पाएका थिए ।

उनले ‘टक्सिक’ मा दिएको ‘बोल्ड सिन’का बारेमा पनि मुख खोलेकी छिन् । ‘यो कथाको माग थियो, यस सिनले फिल्मलाई झन उत्कृष्ट बनाएको छ, यो सिन कथा अनुसार जरूरी थियो ।’ उनले सो सिन दिदाँ कुनै आपत्ति नभएको पनि जनाएकी छिन् ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।