शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

मुम्बई, १७ साउन । शाहरुख खान भारतीय सिनेमाका सबैभन्दा ठूला सुपरस्टारहरूमध्ये एक हुन्, जसको स्टारडम विश्वभर फैलिएको छ। सन् २०२३ मा ‘पठान’ र ‘जवान’ जस्ता दुईवटा ब्लकबस्टर चलचित्रहरूमार्फत हलहरूमा शानदार सफलता हासिल गरे पछि उनी यस क्रिसमसमा सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ लिएर ठूलो पर्दामा फर्कँदै छन्।

यसको चर्चा निकै उच्च विन्दुमा पुगेको बेला शाहरूख खानको ‘किङ’को संगीत अधिकारका लागि एक कीर्तिमानी सम्झौताको वार्ता गरिरहेका छन्। सचिन जिगर यसमा जोडिएसँगै किङुको संगीत यस वर्षको सबैभन्दा आकर्षक सम्पत्तिमध्ये एक बनेको छ। सोनी, सारेगामा र टी सिरिजले यसको संगीत अधिकार हात पार्न ठूलो बोलकबोल गरिरहेका छन्। यीमध्ये एउटा कम्पनी करिब ५० करोड रुपैयाँको प्रस्तावसहित दौडमा अगाडि रहेको बलिउड हंगामाले जनाएको छ। 

‘रामायण’ र ‘धुरन्धर २’ पछि यो आधुनिक समयको तेस्रो ठूलो संगीत सम्झौता हुनेछ। स्रोतले थप जानकारी दिँदै भन्यो, ‘किङले नन थिएट्रिकल .(हल बाहिरको) व्यापारमा कीर्तिमान कायम गरिरहेको छ। यो हिन्दी भाषाको मौलिक संगीत एल्बमका लागि अहिलेसम्मकै ठूला सम्झौताहरूमध्ये एक हुनेछ, जुन अन्तिम चरणमा पुगेको छ।

यहाँ यो कुरा पनि ध्यान दिनुपर्छ कि ‘रामायण’ का दुवै भागका लागि कुल ७५ करोड रुपैयाँको सम्झौता भएको थियो, जबकि ‘किङ’ एउटै फिल्मका लागि ५० करोड रुपैयाँको सम्झौता गर्ने तयारीमा छ।


सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन् २०२६ को क्रिसमस सप्ताहन्तमा प्रदर्शनमा आउन तयार छ। यसको छायांकन लगभग सकिएको छ र अब जम्मा १५ दिनको काम मात्र बाँकी छ। साथै, पोस्ट प्रोडक्सन र सम्पादनको काम पनि तीव्र गतिमा भइरहेको छ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।