बिराटनगर, १४ साउन । सुनसरीको देवानगञ्ज घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन भएको छ ।
घटनामा संलग्नमाथि कारबाही हुनपर्ने मागसहित बिहीबार विराटनगर बजार क्षेत्रमा प्रदर्शन गरिएको हो ।
मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजी गर्दै प्रदर्शनकारी प्रशासन कार्यालयअगाडि पुगेपछि सुरक्षा तैनाथी बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सुरक्षाकर्मीले ब्यारिकेड खडा गरेर प्रदर्शनकारीलाई रोकेर राखेका छन् ।
देवानगञ्ज घटनामा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो । गोली लागेका अरू केही घाइतेको उपचार विराटनगरस्थित विभिन्न अस्पतालमा भइरहेको छ। जसमध्ये एकजनाको आज मृत्यु भएको छ ।

