आर्थिक वर्ष २०८२/८३ मा आयात गरिएका यी हुन् १० शिर्ष बस्तु

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, सवारीसाधन, विद्युतीय उपकरण तथा औद्योगिक कच्चा पदार्थ आयात गरेको देखिएको छ ।

भन्सार विभागको वार्षिक तथ्यांकअनुसार शीर्ष १० आयातित वस्तुमध्ये डिजेल पहिलो स्थानमा रहेको छ भने पेट्रोल दोस्रो स्थानमा छ । तथ्यांकअनुसार डिजेल सबैभन्दा बढी आयात भएको वस्तु बनेको छ । एक बर्षमा १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल आयात गरिएको छ, जसको मूल्य १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।  दोस्रो स्थानमा रहेको सोयाबिन तेलको कच्चा पदार्थ रहेको छ ।  जो ८० करोड १२ लाख ९६ हजार लिटर आयात गरिएको छ । यसको आयात मुल्य १ खर्ब ३२ अर्ब ७६ करोड रहेको छ ।

त्यस्तै पेट्रोल ७ लाख ५१ हजार ६४२ किलोलिटर आयात गरिएको छ। यसको आयात मूल्य ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यसैगरी ग्यास (एलपी ग्यास) आर्थिक वर्षभर ५ अर्ब २० करोड ५२ लाख ५१ हजार ९९२ किलोग्राम आयात गरिएको छ । यसको आयात मूल्य ६० अर्ब २८ करोड ६ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रत्यक्ष अपचयन प्रक्रियाबाट उत्पादन गरिएको फलामजन्य पदार्थ रहेको छ । १ अर्ब ३४ करोड १३ लाख १४ हजार ३२५ किलोग्राम यस्तो पदार्थ आयात गर्दा ५८ अर्ब ५२ करोड २६ लाख रुपैयाँ रहेको छ । 

त्यसैगरी एक बर्षमा स्मार्टफोन आर्थिक वर्षभर २२ लाख ६७ हजार ४१९ थान आयात गरिएको छ । यसको आयात मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद्रा बिक्रीका लागि निश्चित मात्रा (डोज) मा वा खुद्रा प्याकेजमा तयार गरिएका अन्य औषधिजन्य सामग्री १ करोड १९ लाख ५२ हजार किलो आयत  भएको छ भने यसको आयात मुल्य ४८ अर्ब ६९ करोड ३४ लाख बराबर रहेको छ ।  

त्यसैगरी प्रशोधन नगरिएको रोल गरिएको फलाम/इस्पात ३५ करोड ३५ लाख किलो आयात गरिएको छ भने यसको मुल्य २७ अर्ब ५६ करोड ५३ लाख बराबर रहेको छ ।

त्यस्तै गत आर्थिक बर्षमा १४ लाख ४ हजार ३९८ ग्राम सुन आयत भएको छ भने यसको मुल्य २६ अर्ब ७७ करोड ५८ लाख बराबर रहेको छ ।

त्यसैगरी गत आर्थिक बर्षमा हवाई टर्बाइन इन्धन २ लाख १३ हजार ६४३ किलो लिटर आयात भएको छ भने यसको मुल्य  २६ अर्ब ६४ करोड ५० लाख बराबर रहेको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।