काठमाडौँ । नेपाली बाजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सयले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार सुन तोलाको दुई लाख ८३ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३९३० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बुधबार चाँदी तोलाको ३९८० मा कारोबार भएको थियो ।

