निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका –१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गई सम्पर्कबिहिन भएका १४ जना महिला सम्पर्कमा आएका छन् । 

शनिबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो । 

नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीसहित स्थानीय समेत परिचालन गरी रातभर खोजी कार्य सञ्चालन गरिएको थियो ।

उनीहरु सोमबार दिउँसो करिब १: १० बजे सम्पर्क विहीन भएका सबै १४ जना सकुशल सम्पर्कमा आएको प्रहरीले बताएको छ । जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि बाहिर निस्कन नसकेको उनीहरुले बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।