भक्तपुरमा स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।