जापानलाई हराउदै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।

बुधबार मलेसियामा सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जापानले दिएको ८७ रनको लक्ष्य पछाएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ८६ रन बनाएको थियो ।

अब नेपालले सेमिफाइनलमा युएइको सामना गर्ने भएको छ र सेमिफाइनलको खेल शुक्रबार हुने छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।