पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको समवेदनापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपतिसँग उच्चपदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि सहभागी रहेको मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति यादव साउन १ गते भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।