‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई

काठमाडौँ, २८ असारः यसवर्षको रु २५ हजार राशिको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

नन्दप्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार दोलखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको करदस्वरुप उहाँलाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।

आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीका दिन यहाँ श्री श्रेष्ठलाई सम्मान गरिने छ । निजामती सेवामा लामो समय व्यतीत गर्नुभएका उहाँ सहसचिव पदबाट निवृत्त हुनुभएको हो ।

अठासी वर्षीय श्रेष्ठ चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, गौरीशङ्कर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष, सिँगटी सामुदायिक अस्पतालका पनि संस्थापक अध्यक्ष हुनुहुन्छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।