अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको ए लेभल, सीबीएसइ, आइबीडिपी लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने  संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाले सूचनाजारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

तर केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था पालना गर्न सबै  सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यसै सन्दर्भमा मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा विद्यालय शिक्षा शाखाको इमेल schooledu.sec@moest.gov.np मा तीन दिनभित्र लिखित रूपमा जानकारी उपलब्ध गराउन आम सरोकारवालासँग अनुरोध गरेको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।