पिरगाउँ प्रावि पुनःसञ्चालनमा

दाङ, १८ असार : तुलसीपुर उपमहानगरपालिका–११ स्थित पिरगाउँ प्राथमिक विद्यालय पुनःसञ्चालनमा आएको छ ।

उक्त पाठशाला न्यून विद्यार्थी भएकै कारण २०७६ सालमा बन्द भएको थियो । स्थानीयले पुनः स्कुल चलाइदिन मागगरेपछि हालैदेखि सो शिक्षालय सञ्चालनमा आएको हो । हाल ३६ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमा बस्नेतले जानकारी दिनुभयो ।

सो शैक्षिक संस्थामा कक्षा २ सम्म सञ्चालनमा छ । गसैगरी संस्थामा एक जना प्रावि स्थायी तथा बाल विकासका दुई जना शिक्षक कार्यरत हुनुहुन्छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।