कृषक पाठशालालाई २८ लाखका कृषि सामाग्री प्रदान

नेपालगन्ज १७ असारः खजुरा गाउँपालिकाले १६ वटा किसान पाठशालालाई रु.२८ लाख बराबरका कृषि सामाग्री प्रदान गरेको छ ।

उक्त पालिकाका अध्यक्ष डम्बर बहादुर विकका अनुसार ६० प्रतिशत लागत साझेदारीमा ती सामग्री प्रदान गरिएको हो ।

कृषि उत्पादन बढाउन सामग्री प्रदान गरिएको उहाँले राससलाई जानकारी दिनुभयो । खजुरालाई जैविक उत्पादनस्थलनका रुपमा विकास गर्ने लक्ष्यअनुरुप एकीकृत शत्रुजीव व्यवस्थापनका निम्ति सहयोग गरिएको हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।