बाँकेमा रासायनिक मल वितरण

नेपालगन्ज (बाँके), १७ असारः जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरुप रासायनिक मल वितरण सुरु गरिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डिएपी र १५७ बोरा पोटास, नेपालगन्ज उपमहानगरपालिकामा ८६९ बोरा डिएपी, १७४ बोरा पोटास र एक हजार ३१४ बोरा युरिया, बैजनाथ गाउँपालिकामा एक हजार १५१ बोरा, एक हजार ३८० बोरा युरिया र २३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार १४४ बोरा डिएपी, एक हजार ३७० बोरा युरिया र २३० बोरा पोटास मल वितरण गरिएको बताउनुभयो ।

जानकी गाउँपालिकामा ८५९ बोरा डिएपी, एक हजार २७ बोरा युरिया र १७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा एक हजार १४३ बोरा डिएपी, एक हजार ३६५ बोरा युरिया र २२९ बोरा पोटास, राप्तीसोनारी गाउँपालिकामा एक हजार २२८ बोरा डिएपी, एक हजार ६३३ बोरा युरिया, २७५ बोरा पोटास र नरैनापुर गाउँपालिकामा ८०९ बोरा डिएपी, ९६९ युरिया र १६२ बोरा पोटास मल वितरण गरिएको छ ।

नेपालगन्ज–१६ का ५२ वर्षीय बछिलाल यादवले रासायनिक मल नपाएर सास्ती भोग्नुपरेको बताउनुभयो । हाल रोपाइँको समय छ, यही समयामा मल पाउँन सास्ती छ, उहाँले भन्नुभयो ।

जिल्ला सहकारी सङ्घ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगन्जका १२ वटा वडामा वितरणका लागि कुल ८१ बोरा रासायिनक मल आएको उल्लेख गर्दै सो मल पाउनका लागि किसानको भीड लागेको बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।