मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड, १७ असारः मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ ।

पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।