मनसुनी प्रणाली देशका थप भागमा विस्तार

काठमाडौँ । यस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो ।

विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महाशाखाले अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि बताएको छ ।

महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन हेर्न र अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।