दुर्घटना भएको भारतीय स्कारपियोबाट १०४ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो जीपबाट १०४ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब १: ५५ बजे चतराबाट नडाहातर्फ आउँदै गरेको बीआर ३१ पी ६६५१ नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

घटनाको जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर गाडीको जाँच गर्दा भित्र लुकाइछिपाइ राखिएका चारवटा प्लास्टिकका बोराबाट १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको हो ।

बरामद गरिएको गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।