रास्वपा कोशी सभापतिमा पराजित भएपछि गोमा तामाङको राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएपछि गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् । 

प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् । सरिनले भनेकी छन्- ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

रास्वपाको कोशी प्रदेशको सभापति चन्द्रबहादुर राई विजयी भएका छन् । राईले २८० मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तै गोमा तामाङ सरिनले  १४१ मत प्राप्त गरेकी छन् भने चन्द्रकुमार गौली निरजले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।        

सभापतिमा पराजित भएपछि सरिनले भनेकी छन्- ‘आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्यज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाई  सायद अनेक  सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशीलाई भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो बैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’ 

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।