काठमाडौं । हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ ।
एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो ।
हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

