सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित छैनः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ । 


सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरु समाधान हुने गरी नल्याएको जिकिर समेत गर्नु भयो । प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताउनु भयो । 


उहाँले भन्नुभयो,‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरु कस्ता छन ? त्यता ध्यान पु¥याऔ । आज राज्यको राजस्व दवावमा छ । युवाहरु विदेश पलायन भईराखेको छन । कृषि उत्पादन घटदो छ । प्राईभेट सेक्टर त्रसित छ । सार्वजनिक ऋणको भार बढिरहेका छन । पूँजीगत खर्च अत्यन्त कमजोर छ । स्थानीय तहमा सेवा प्रवाह असमान छ । यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढदै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरी पनि प्रस्तुत गरेको होकि भन्ने मलाई लागि रहेको छ ।’ 


प्रमुख सचेतक ओलीले सरकारले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने पनि बताउनु भयो ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।