विवाह बन्धनमा बाँधिए रोहित पौडेल

व

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेल प्रेमिका सिम्रन खड्कासँग वैवाहिक जीवनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच सिम्रनसँग विवाह गरेका हुन् ।

रोहितको विवाह समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको उपस्थिति रहेको थियो । समारोहमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा सहभागी भएका थिए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रोहित र सिम्रनले वैवाहिक जीवनको नयाँ यात्रा सुरु गरेका हुन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।