काठमाडौं । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु भएको छ। एमसीए–नेपालले मङ्सिर ८ गते सिन्धुपाल्चोकबाट प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरेको हो ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण आयोजनाको यो खण्ड ११७ किलोमिटरको हुनेछ। यसअन्तर्गत काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर गरी पाँच जिल्लामा ३०३ वटा प्रसारण टावर निर्माण गरिनेछन् ।
४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त यस प्रसारण लाइनले नेपालको ऊर्जा सुरक्षा सुदृढ गर्नुका साथै देशभित्र उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आयोजना सम्पन्न भएपछि विद्युत् प्रसारण सञ्जालको क्षमता विस्तार भई ऊर्जा आपूर्ति तथा व्यवस्थापनमा थप सहजता आउने विश्वास गरिएको छ ।

