नेप्से ८.६६ अंकले बढ्यो, ६ अर्ब १४ करोडको कारोबार

न

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५६ कम्पनिका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४  करोड ६० लाख ४३ हजार ९०९ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनिको शेयर १०.९८ प्रतिशतले बढेको छ भने हिमालय उर्जा विकास कम्पनिको शेयर ८.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ३.३० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालय उर्जा विकास कम्पनिको ३४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कुमारी बैंकको २२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।