नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न विधेयक ल्यायौं- अर्थमन्त्री वाग्ले

न

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न ऐन संशोधन विधेयक ल्याइएको बताएका छन् ।

बुधबार, अर्थ समितिको बैठकमा उनले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउँदै कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको जानकारी दिए ।

विधेयकमा निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने प्रस्तावसमेत समेटिएको छ ।

त्यस्तै, कोषको कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरण गर्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

उनका अनुसार संशोधनपछि कोषको संस्थागत तथा वित्तीय क्षमता बढ्नुका साथै राष्ट्रिय प्राथमिकताका पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।