अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’

अ

जनकपुरधाम । भारतको अयोध्याबाट प्रस्थान गरेको ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।

रेल जनकपुरधामस्थित रेलवे स्टेसनमा आइपुग्दा जनप्रतिनिधि, धार्मिक अगुवा तथा स्थानीयवासीले सांस्कृतिक कार्यक्रम र परम्परागत झाँकीसहित भव्य स्वागत गरेका छन् ।

स्वागतका लागि जनकपुरधामका मेयर मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, संघीय सांसद तथा मधेस प्रदेशसभा सदस्यहरू स्टेसन पुगेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने १७ डिब्बे रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधामलाई जोड्नेछ । सातामा एकपटक सञ्चालन हुने यस रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै पर्यटन र दुई देशबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।